राजनीतिक यात्रा

मेरो राजनीतिक यात्रा 


मैले राजनीति रोज्नु आकस्मिक निर्णय थिएन। यो मेरो जीवनको अनुभव, समाजमा देखिएको भेदभाव र राज्यको असमान व्यवहारबाट उत्पन्न भएको गहिरो प्रेरणा थियो।

म सिरहा, सुखीपुरमा जन्मिएको मधेशी समुदायको नागरिक हुँ। बाल्यकालदेखि नै मैले राज्यको संरचनाभित्र मधेशीहरूलाई हेपिएको, दोस्रो दर्जाको नागरिकझैँ व्यवहार गरिएको र विभेदको शिकार भएको देख्दै आएको छु। जातीय, क्षेत्रीय र वर्गीय विभेद मेरो आँखाअगाडि नै घटिरहेका थिए।

२०७२ सालको महाभूकम्पपछि मैले प्रत्यक्ष रूपमा समाजको दुःख देखेँ। राहत र उद्धारको काममा संलग्न हुँदै गर्दा मैले बुझें— जबसम्म नीति निर्माणमा बञ्चित समुदायको आवाज हुँदैन, तबसम्म न्याय सम्भव छैन। यही अनुभवबाट म राजनीतिमा प्रवेश गर्न प्रेरित भएँ।

मैले २०७२ सालदेखि औपचारिक रूपमा राजनीतिक गतिविधिमा सहभागी हुन थालेँ।

  • सामाजिक न्यायका लागि सडकमा उत्रिएको छु,
  • बञ्चित समुदायका अधिकारका लागि संघर्षरत छु,
  • दर्जनौं आन्दोलनमा नेतृत्व गर्दै, पटक–पटक गिरफ्तारीसमेत भोगेको छु।
  • मेरो राजनीतिक दर्शन समानता, समावेशिता र सामाजिक न्यायमा आधारित छ।

मैले राजनीति सेवा, संघर्ष र सामाजिक रूपान्तरणको साधनका रूपमा देखेको छु — पदको लागि होइन, परिवर्तनको लागि।

Post a Comment

0 Comments