Gen-Z प्रदर्शनमा घाइते युवाको अवस्था बुझ्न किर्तिपुर अस्पतालमा शिव यादवको टोली

 Gen-Z आन्दोलनका क्रममा घाइते भएका युवाको अवस्था बुझ्न र आवश्यक सहयोग पु-याउन शिव यादव लगायतका युवाहरु किर्तिपुर अस्पतालको Burn Center पुग्नुभएको छ। उहाँहरुले घाइते युवाहरुसँग भेटघाट गरी स्वास्थ्य अवस्था बुझ्नुभयो र सानोतिनो आर्थिक सहयोग समेत प्रदान गर्नुभयो।


यस कदमले युवा नेतृत्व र सामाजिक उत्तरदायित्वको सुन्दर उदाहरण प्रस्तुत गरेको छ। यस्तै पहलले घाइते युवाहरुलाई मनोबल बढाउन र समाजमा सहानुभूति फैलाउन महत्वपूर्ण भूमिका खेल्दछ।



शिव यादव र उहाँसँगका Gen-Z युवाहरुले भनेका छन् – “हाम्रो आन्दोलन केवल अधिकारको लागि हो; तर घाइते र पीडित साथीहरुको सहारा पनि हाम्रो प्राथमिकता हो।”

यो घटनाले युवा नेतृत्वमा दायित्व, सहानुभूति र सहयोगको महत्वलाई प्रस्ट रूपमा देखाएको छ।

Post a Comment

0 Comments